citizens life insurance long ad
stcnepal long ad

समाजसेवी पर्शुराम बराल परिवारद्धारा सृजना बालगृहमा अक्षयकोष स्थापनाका लागि पच्चीस हजार पाँच सय पच्पन्न सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । पोखराका समाजसेवी पर्शुराम बराल परिवारद्धारा सृजना बालगृहमा अक्षयकोष स्थापनाका लागि पच्चीस हजार पाँच सय पच्पन्न सहयोग गरेका छन् ।

बरालका छोरा प्रवेश बराल र बुहारी सुमना बरालको वैबाहिक वर्षगाँठको अवसरमा सहयोग गर्न पाउँदा खुशी भएको बरालले बताए ।

सृजना विकास केन्द्र द्धारा २०६४ साल मा स्थापित बालगृहमा हाल १६ जना बालबालिका पूर्ण आश्रित रहेको बालगृह संयोजक सोमनाथ बरालले बताए ।

२०३७ साल देखि शैक्षिक, सामाजिक महिला उद्यमी कार्य सहित सामाजिक कार्य गर्दै आएको संस्थाले बालगृह सङ्गै महतगौँडामा खानेपानी परीयोजना संचालन गर्दै आएको केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापा थापाले बताए ।

सहयोग वितरण कार्यक्रममा केन्द्रका सल्लाहाकार सभापति गणेश बहादुर अधिकारी, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, सचिव भिम सुवेदी, कोषाध्यक्ष कृष्ण प्रसाद बराल, केन्द्रका प्रमुख दिलिप सुवेदी लगाएतले बालगृहको विविध पक्षमा आ आफ्नो भनाई राखेका थिए ।

द्धन्द पिडित तथा अभिभावक विहिन बालबालिकाका लागी स्थापित बालगृहका लागी सहयोग तथा अक्ष्यकोष निर्माणमा सहयोग गर्न आम समुदाय, सामाजिक संघ संस्थालाई आहृवान गरिएको छ ।

IME Life
kumari