citizens life insurance long ad
stcnepal long ad

बजेट सन्तुलितः नेपाल चेम्बर अफ कमर्श

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट समग्रमा सन्तुलित रहेको टिप्पणी गर्दै जीवन रक्षाका सन्दर्भमा प्रस्तावित गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रको दायरा बिस्तार एवं पूर्वाधार विकासका लागि ठूलो स्रोत परिचालित गरिनु आफैँमा महत्वपूर्ण रहेको बताएको छ ।

चेम्बरले स्वास्थ्य तथा स्वास्थ्य पूर्वाधारमा ९० अर्ब ६९ करोड रुपैया बजेट विनियोजन हुनु आफैँमा महत्वपूर्ण रहेको जनाएको छ । चेम्बरले सिमित प्याकेजका रुपमा साना तथा मझौला व्यवसायका लागि पाँच प्रतिशत व्याज तोकिएकामा त्यसलाई घटाएर दुई प्रतिशत कायम हुनुपर्नेमा जोड दिएको छ ।

किसान क्रेडिट कार्ड, भूमि बैंक आदि जस्ता व्यवस्थाले कृषिको व्यवसायीकरणलाई प्रोत्साहित गरेको, तीन हजार रुपैयासम्मको ज्याला र पारिश्रमिक खर्च तथा दुई हजार रुपैयासम्मको वस्तु र सेवा खरिदमा प्यान अनिवार्य नहुने व्यवस्थाले व्यवसायलाई केही सहजीकरण गर्ने चेम्बरको ठहर छ ।

पर्यटन उद्योगका सन्दर्भमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लगायत हवाई इन्धन र ग्राउण्ड ह्याण्डलिङ शुल्मा दिइएको सहुलियत समेत सकारात्मक रहेको उल्लेख गर्दै चेम्बरले आर्थिक वृद्धिको लक्ष्य पूरा हुनेमा भने आशङ्का व्यक्त गरेको छ ।

IME Life
kumari