stcnepal long ad
ime life insurance
national life
global ime bank long

अनलाइनबाटै कम्पनी खारेजीको प्रक्रिया अघि बढाइँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ ।कम्पनी रजिस्ट्रारको कार्यालयले नयाँ कम्पनी दर्ता र खारेजी निःशुल्क गर्ने प्रक्रिया अगाडि बढाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको कार्यक्रम कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाइएको हो ।

कार्यालयका रजिस्ट्रार महेश बरालले बजेटमा भएको घोषणा अनुसार अनलाइनबाट कम्पनी दर्ता र खारेजीको कार्यान्वयनका लागि कम्पनीहरूको विवरण अद्यावधिक गर्न सूचना जारी गरिएको जानकारी दिनुभयो ।

आगामी साउन १ देखि नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने हुँदा ग्राहकलाई सहुलियत हुने उहाँको भनाइ छ । कम्पनी दर्ता र पुँजी वृद्धि निःशुल्क गर्दा वार्षिक २२ करोड रुपियाँ बराबरको राजस्व भने कमी हुने उहाँले बताउनुभयो ।

“कम्पनी दर्ता खारेज गर्न नयाँ सफ्टवेयर बनाएर केही फिचर थपिएको छ,” उहाँले भन्नुभयो, “डिजिटल हस्ताक्षर गर्ने वा हुलाक माध्यमबाट जाने भन्ने विषयमा छलफल भइरहेको छ ।”

नयाँ दर्ता, पुँजी वृद्धि र खारेजी बाहेक अन्य कामका लागि भने शुल्क लाग्ने व्यवस्था छ । यसअघि ९० प्रतिशत काम अनलाइनबाट हुँदै आएकामा साउनदेखि पूर्ण रूपमा अनलाइनबाट काम हुने बरालले जानकारी दिनुभयो ।

“सरकारले बजेटमार्फत घोषणा गरेको कार्यक्रम कार्यान्वयनका लागि प्रक्रिया सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “कम्पनीहरूले आफ्नो विवरण अद्यावधिक गरे हामी कम्पनी दर्ता र खारेजी अनलाइनबाटै गर्ने कार्यको थालनी गर्न सक्छौँ ।”

कम्पनीहरूले आफ्नो विवरण पेस गरेपछि कम्पनी दर्ता, खारेजी, सेयर लगतलगायतका कम्पनी विवरणसँग आवश्यक कागजपत्र कम्पनीहरूको हुलाक ठेगानामै पठाइने र कम्पनी दर्ता तथा खारेजी प्रयोजनका लागि कार्यालयमा आइरहनुपर्ने बाध्यता हट्ने कार्यालयले जनाएको छ ।

कार्यालयले दर्ता भइसकेको कम्पनीको विवरण अनलाइन प्रक्रियामार्फत अद्यावधिक गर्न सूचना जारी गरेको छ । कम्पनी सचिव, कम्पनीको ठेगाना, सेयर लगत, सेयर सदस्य र विवरण, कम्पनीको इमेल, सम्पर्क नम्बरलगायतका विवरण पेस गर्नुपर्ने कार्यालयले जनाएको छ ।

हाल अनलाइनबाट कम्पनी दर्ता गरे पनि अद्यावधिक गर्न, पासपोर्ट हराएमा, पुँजी वृद्धि गर्न कार्यालयमा स्वयम् उपस्थित हुनुपर्ने अवस्था छ ।

अब भने सबै काम अनलाइनबाट हुने भएकाले कार्यालय आउनुपर्ने अवस्था हट्ने छ । यसले गर्दा पर्याप्त जनशक्ति आवश्यक नपर्ने, कर्मचारीले निजी स्वार्थपूर्ति गर्न पाउने अवस्था पनि अन्त्य हुने छ ।

कम्पनी दर्ता निःशुल्क र खारेज गर्ने निर्णय साउन १ देखि कार्यान्वयन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै अर्थ मन्त्रालयको राय लिएर मन्त्रीपरिषद्मा पठाउन लागिएको कार्यालयले जनाएको छ । निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ ।

यसअघि कम्पनी दर्ता गर्दा शुल्क लाग्नुका साथै झन्झटिलो प्रक्रिया रहेकामा त्यसलाई निःशुल्क गरिएको हो ।  कार्यालयका  अनुसार हालसम्म तीन लाख सात हजार ७९७ कम्पनी दर्ता भएका छन् ।

न्यूनतम एक सय रुपियाँ मात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिने व्यवस्था गरिएको छ । अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइने बजेटमा व्यवस्था गरिएको छ ।

कम्पनी ऐन २०६३ अनुसार एक लाखसम्मको अधिकृत पुँजी भएको प्राइभेट कम्पनी दर्ता गर्न एक हजार र १० करोड रुपियाँ अधिकृत पुँजी भएको कम्पनी दर्ता गर्न ४३ हजार रुपियाँ शुल्क लाग्ने छ । कम्पनीको पुँजी अनुसार फरक फरक शुल्क निर्धारण गरिएको छ ।

यस्तै पब्लिक लिमिटेड कम्पनीका लागि एक करोड अधिकृत पुुँजी भएको कम्पनीलाई १५ हजार, ४० करोडदेखि ५० करोड अधिकृत पुँजी भएको कम्पनी दर्ताका लागि एक लाख ६० हजार रुपियाँ र ५० करोड अधिकृत पुँजी भएमा प्रतिएक करोडको तीन हजारका दरले दस्तुर लाग्ने व्यवस्था छ ।

कार्यालयका अनुसार चालु आ.वको जेठसम्म २० हजार ४१५ कम्पनी दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा कम्पनी दर्ता सङ्ख्या ४५ प्रतिशतले घटेको कार्यालयले जनाएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

IME Lifesidebar
kumari