stcnepal long ad
ime life insurance
national life
global ime bank long

ईसेवा मनि ट्रान्सफर र लुलु मनीवीच रेमिट्यान्स भुक्तानी सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ। स्थापना भएको तीन बर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठुलो फड्को मारेको ईसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ।

सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट, लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरेका थिए । ईसेवा मनि ट्रान्स्फर र लुलु मनी बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

यो सम्झौता संगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले लुलु मनीको शाखामा गइ वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्ने छन्।

लुलु मनी बाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ। र पठाएको नगद सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु। ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ।

यस सम्झौताबारे बोल्ने क्रममा ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले भन्नुभयो, “लुलु मनीको रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ। लुलु मनीबाट अनलाइन सेवा मार्फत पनि नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहनुभएका नेपालीहरुलाई आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता प्रदान गरेको छ र यसैगरी धेरै भन्दा धेरै नेपाली आप्रवासीसम्म हाम्रो सस्तो, छिटो र भरपर्दो रेमिट्यान्स सेवा पुर्याउन हाम्रो प्रयास जारि रहनेछ”।

साझेदारीमा खुसी व्यक्त गर्दै लुलु मनी सिंगापुरकी कार्यकारी निर्देशक प्याट्रिसिया चुआले ईसेवा मनि ट्रान्स्फरसँग साझेदारी गर्न र एफवान सफ्ट ग्रुपको फिनटेक इकोसिस्टम मार्फत नेपालमा रेमिट्यान्स सेवाहरू सुचारु गर्न पाउँदा आफू खुसी भएको बताईन्।

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

IME Lifesidebar
kumari