stcnepal long ad
ime life insurance
national life
global ime bank long

नवलपरासीको दलदलेमा एभरेष्ट बैंकको १२६ औं शाखा उद्घाटन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका नवलपरासीको दलदलेमा आफ्नो १२६ औं शाखा उद्घाटन गरेको छ ।

उक्त शाखाको उद्घाटन देवचुली नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष एक देव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् ।

उक्त उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ देवचुली नगरपालिकाका वरिष्ठ उपाध्यक्ष तेज प्रसाद न्यौपाने, शसस्त्र प्रहरी बलका निरिक्षक विनोद पौडेल, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधिर गौतम साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।सो उद्घाटन समारोहमा देवचुली नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष एक देव पौडेलले दलदलेमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए ।

साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले बर्दघाट र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गर्नुका साथै पंजाब नेशनल बैंक भारतसंगको साझेदारीले गर्दा स्थानिय बासिन्दा र पूर्व भारतिय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे । यससंगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १३ पुगको छ ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

देशैभरी छरिएर रहेको आफ्नो १२६ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६१ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

IME Lifesidebar
kumari