stcnepal long ad
ime life insurance
national life
global ime bank long

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले विशालनगर, काठमाडौंमा अवस्थित Arogin Health Care का विभिन्न सेवाहरुमा ५% देखि अधिकतम ४५% (hair transplant & hair fall treatment), इटहरी, सुनसरीमा अवस्थित Hotel Pathibhara International का सेवाहरुमा १०%, मैतिदेवी काठमाडौंमा अवस्थित Buingal Lounge & Bar का सेवाहरुमा १५%, लाजिम्पाट, काठमाडौंमा अवस्थित Yellow Hatti का सेवाहरुमा अधिकतम १०%, इटहरी ०६, सुनसरीमा अवस्थित Burger House & Crunchy Fried Chickenका सेवाहरुमा अधिकतम १०% र मैतिदेवी, काठमाडौंमा अवस्थित Burger House & Crunchy Fried Chicken का सेवाहरुमा १०% को छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

 

IME Lifesidebar
kumari