citizens life insurance long ad
stcnepal long ad

माछापुच्छ्रे बैंकका संस्थापक जिसस थापाले आफ्नो नाममा रहेको ४५ हजार २१३ कित्ता सेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक जिसस थापाले आफ्नो नाममा रहेको ४५ हजार २१३ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

यसमा, माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलिसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

IME Life
kumari