मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम प्रभु क्यापिटल मार्फत हुने
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम प्रभु क्यापिटल मार्फत हुने भएको छ । यी दुई कम्पनीबीच सेयर रजिष्ट्रारको काम गर्न वैशाख ८ गते सम्झौता भएको हो ।
सम्झौतामा हाइड्रोपावरको तर्फबाट अध्यक्ष हिमाल गुरुङ र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।
योसँगै यस हाइड्रोपावरको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब प्रभु क्यापिटलले गर्नेछ । यस कम्पनीले केही समय पहिले मात्रै आइपीओ जारी गरेको हो ।






















