stcnepal long ad
global ime bank long

सिड्नीमा राष्ट्रिय उद्यमी सम्मेलन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

सिड्नीमा राष्ट्रिय उद्यमी सम्मेलन २०२३ आयोजना गरेको छ। गैर आवासीय नेपाल संघ ९एनआरएनए० अष्ट्रेलियाको आयोजनामा भएको सम्मेलनमा विभिन्न क्षेत्र, पेशा्ब्यवसायबाट प्रतिनिधित्व गर्ने २०० बढी विज्ञ्विशेषज्ञको सहभागी थियो।

कर्यक्रममा बिभिन्न ब्यवसायका सञ्चालक, लगानीकर्ता, विभिन्न विषयका विज्ञ, राजनीतिज्ञ, कुटनीतिक क्षेत्रका प्रतिनिधि तथा समुदायका अगुवाहरुले सम्मेलनमा आ (आफ्ना विचार र अनुभव साटेका थिए।

अष्ट्रेलियामा छरिएर रहेका नेपाली उद्यमी तथा बुद्धिजीवीहरूलाई समेटेर समसामयिक विषयमा व्यवसायको विकास र विस्तारसँगै सिकेको ज्ञान र अनुभवलाई आपसमा साटासाट गर्ने काम सम्मेलनका क्रममा भएको छ।

सम्मेलनका वक्ताहरूले पछिल्लो समय अष्ट्रेलियामा बढ्दो नेपाली समूदायको औद्योगिक अभियानमा साथ दिने प्रतिबद्धतासमेत जनाएका थिए।

सम्मेलनका क्रममा विभिन्न व्यक्तिका सफलता, व्यवसायीक सफलताका भिडियो सामाग्री समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा महिला उद्यमशीलताका विषयमा विधायक परिषद सदस्य,एनएसडब्लुकी सांसद ज्याकी मुनरोले अनुभव साटेकी थिइन्।

लिबरल पार्टीकी उपाध्यक्ष र महिला परिषद्का अध्यक्षसमेत रहेक ज्याकीले व्यवसायमा कसरी सफलता पाउन सकिन्छ भन्ने अनुभव साटेकी थिइन्।

यस्तै २३ वर्षको उमेरमै सफल व्यवसायी बनेकी मन्डी गन्सबर्गरले आफ्नो सफलताको कथा सुनाएकी थिइन्।

यस्तै अष्ट्रेलियाको अर्थ ब्यवस्था, प्रबिधि र उद्यमशीलताको सम्बन्ध, उद्यमशीलता, प्रविधि र आविस्कारले बृद्धबृद्धा हेरचाहसम्बन्धी सेवामा गर्न सकिने रूपान्तरण, ब्यवसायमा प्रतिस्पर्धा कि सहकार्य अनि हाँसो योगाका माध्यमबाट कसरि सफल बन्न सकिन्छ भन्नेबारे विभिन्न विज्ञहरुले आफ्नो अनुभवन आदानप्रदान गरेका थिए।

कार्यक्रममा अष्ट्रेलियाका विभिन्न राज्यका सफल युवा व्यवसायीको सफलताको कथाले नवप्रवेशीले केही ज्ञान पाउने अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले जानकारी दिए।

एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक अनिल पोखरेलले हरेक दुई वर्षमा आयोजना हुने यो एनआरएन अष्ट्रेलियाको नियमित कार्यक्रम भए पनि थप पृथक बनेको बताए।

यस अघिनै स्थापित भइसकेका उद्यमी र नयाँ उद्यमीहरू एउटै स्थानमा भेला हुने, विचार तथा अनुभवहरू आदन प्रदान गर्ने र उनीहरूबीचको नेटवर्किङलाई बढाउने उद्देश्यले सम्मेलन सफल भएको पोखरेलले जानकारी दिए।

 

IME Lifesidebar
kumari