सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २२ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाए
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २२ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत वर्षको भन्दा ४०.०८ प्रतिशत थोरै हो । गत वर्ष बैंकले ३७ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ११.७० प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ३८.३० प्रतिशतले घटेको छ । इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो ।
हाल यसको चुक्ता पुँजी ३ अर्ब २६ करोड रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा भने १ अर्ब २५ करोड रुपैयाँ छ । बैंकको कस्ट अफ फन्ड १०.२८ प्रतिशत रहेको छ ।
यसको खराब कर्जा १.२० प्रतिशत बाट बढेर ३.५५ प्रतिशत पुगेको छ । यसको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ७१ पैसाले घटेर १० रुपैयाँ ०४ पैसा कायम भएको छ ।
गत वर्ष प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७५ पैसा रहेको थियो । सांग्रिलाको प्रतिसेयर नेटवर्थ भने १५४ रुपैयाँ ५० पैसा छ ।
























