citizens life insurance long ad
stcnepal long ad

निर्यात ब्यवसायी महासंघमा पाण्डे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । साधारण सभाले शंकर प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

उपाध्यक्षमा नेपाल तयारी पोशाक उद्योग संघका निर्वतमान अध्यक्ष चण्डिप्रसाद अर्याल, नेपाल हर्वस तथा हर्वल उद्योग संघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे पनि उपाध्यक्ष चयन भएका छन् ।

यस्तै, उपाध्यक्षहरुमा दुर्गा विक्रम थापा, शान्ता वास्कोटा, महासचिवमा देवानन्द सरावगी, कोषाध्यक्षमा किरण कुमार डंगोल, सचिवमा रेखा अर्याल, शिव प्रसाद भट्ट र सहकोषाध्यक्षमा शैलेन्द्र गुरगाई चयन भएका छन् ।

यसैगरी कार्य समिति सदस्यहरुमा सुनिल चित्रकार,शिव प्रसाद घिमिरे,नानीराज घिमिरे, निर्मल भट्टराई, होमनाथ कोईरला, गोपी प्रसाद कँडेल, दानबहादुर चन्द, सरस्वती राई, पुनम कार्की,प्रदिप शाही, तेल बहादुर कुमाल र मनोज अधिकारी निर्वाचिन भएको निर्यात ब्यवसायी महासंघले जनाएको छ ।

संस्थापक तथा निर्वतमान अध्यक्ष रामबहादुर गुरुङले निर्यात क्षेत्रको खस्कदो अवस्थालाई महासंघले सरकारलाई दवाव दिने बताए । सो कार्यक्रमको उद्धघाटन गदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले निर्यातजन्य उद्योगको समस्या प्रति सरकार गम्भीर रहेको हुदाँ सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकता दिने बताए ।

कार्यक्रममा वाणिज्य मन्त्रालयका सचिव मधु मरासिनीले निर्यातजन्य उद्योगले ब्यापार घाटा कम गर्न सहयोग पुग्ने हुदाँ सरकारले आयात प्रतिस्थापनमा जोड दिएको बताए ।

महासंघका नवनिर्वाचित अध्यक्ष शंकर प्रसाद पाण्डेले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको निर्यातजन्य उद्योगको विकासमा महासंघले सरकारसंग सहकार्य गदै अघि बढ्ने बताएका छन् ।

IME Life
kumari