मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बाँडफाँट
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओ आज चैत २९ गते बुधबार बाँडफाँट भएको छ । यसमा कुल १ लाख ३३ हजार ७३० जना सर्वसाधारण आवेदकले गोलाप्रथा मार्फत सेयर पाएका छन् ।
जसमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मकर जितुमायाको आइपीओमा कुल १३ लाख ४० हजार ८५१ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ५९ हजार ४४९ जनाको आवेदन भने रद्द भएको छ ।
यस हाइड्रोपावरले चैत १९ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ३७ हजार ३०२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यता, कम्पनीले ८० हजार कित्ता सामूहिक लगानी कोष र ३२ हजार २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।
साथै, मकर जितुमाया सुरी हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।





















