citizens life insurance long ad
stcnepal long ad

कर्जा लिँदा बैंक तथा वित्तीय संस्थालाई कति तिर्ने सेवा रु बढी लिए राष्ट्र बैंकमा उजुरी गर्न सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा लिँदा आफुले तिर्ने शुल्कका बारेमा लिन सबैलाई आग्रह गरेको छ । कर्जा उपयोग गर्दा कर्जाको लागि ब्याज मात्र नभई अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरू पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।

यस्तो शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रस्ट भएपछि मात्र कर्जाको कारोबार गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व हो ।

विगतमा खुला छोडिएको शुल्कसम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ । यी संस्थाले तोकिएको शुल्कबाहेक अन्य कुनै शुल्क लिन पाउँदैनन् ।

कर्जासँग सम्बन्धित सम्पूर्ण लागतबारे स्पष्ट जानकारी हासिल गरेर मात्र कर्जा लिन केन्द्रीय बैंकले आग्रह गरेको छ ।

IME Life
kumari