stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेशनल लाइफको जीवन बीमा कोष ५६ अर्ब नाघ्यो, मुनाफा ५७ प्रतिशतले बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ५७ प्रतिशले मुनाफा बढाउन सफल भएको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा २२ करोड ७३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीको मुनाफा १४ करोड ४१ लाख रुपैयाँ थियो ।

त्यस्तै कम्पनीको जीवन बीमाकोष १८ प्रतिशतले बढेको छ । यस्तो कोषमा ५६ अर्ब १५ करोड रुपैयाँ जम्मा भएको छ ।

गत वर्षको यहि अवधिमा ४७ अर्ब २१ करोड थियो । नेशनल लाइफले समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १० प्रतिशतले सुधार गरेको छ ।

पुस मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ७ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा ६ अर्ब ७९ करोड थियो ।

यसै अवधिमा ३ अर्ब ७२ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा २ अर्ब ५६ करोडको दाबी भुक्तानी भएको थियो ।

अभिकर्ताले समिक्षा अवधिमा ७३ करोड ९३ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । कम्पनीले अझै ७७ करोड ८९ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।

नेशनल लाइफको चुक्ता पूँजी ४ अर्ब ६४ करोड पुगेको छ । जगेडा कोषमा २६ करोड ६५ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी भने ९।८० रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ

IME Lifesidebar
kumari