stcnepal long ad
global ime bank long

खल्ती प्रयोगकर्तालाई तीन महिनाको खल्ती प्रो निःशुल्क

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा पहिलो पटक सशुल्क सदस्यता सम्बन्धी अवधारणा ल्याएको खल्ती डिजिटल वालेटले आफ्ना नियमित प्रयोगकर्तालाई तीन महिना निःशुल्क खल्ती प्रो सेवा उपलब्ध गराएको छ।

खल्ती डिजिटल वालेटले आफ्ना प्रयोगकर्ता ग्राहकसँग सदस्यता शुल्क लिने गरी खल्ती प्रो र खल्ती क्लब भन्ने दुई थरी ग्राहक वर्गिकरण सम्बन्धी योजना सार्वजनिक गरेको थियो ।

खल्ती प्रोको वार्षिक सदस्यता शुल्क रु ५९९ र खल्ती क्लबको सदस्यता शुल्क रु ३९९ निर्धारण गरिएको छ।

खल्ती प्रो सदस्यता लिनेले आफ्नो मोबाइल ब्यालेन्स रिचार्जमा २ प्रतिशत क्यास ब्याक (नगद छुट) प्राप्त गर्ने सुविधा छ। प्रतिस्पर्धी डिजिटल वालेट ‘आइएमई पे’ ले सदस्यता शुल्क बिना नै जुनसुकै प्रयोगकर्तालाई ५ प्रतिशत क्यास ब्याक (नगद छुट) दिइ रहेको छ।

खल्ती प्रो ले चलचित्र घरको टिकट खरिदमा महिनामा अधिकत्तम १ सय रुपैयाँ गरी वर्षभरमा १० महिनासम्म सदस्यतलाई छुट दिने उल्लेख गरेको छ।

यसैगरी खल्ती प्रो को सदस्यता लिन ग्राहकले ब्लु बुक नविकरण शुल्क ३ सय रूपैयाँमा बढीमा १ सय रूपैयाँसम्म छुट पाउनेछन् । बजारमा स्मार्ट सभिस इन लगायत सेवा प्रदायकले २ सय रूपैयाँमै मोटरसाइकल ब्लु बुक नविकरण र ३ सय रुपैयाँमा कारको ब्लु बुक नविकरण सेवा उपलब्ध गराई रहेका छन्।

खल्ती प्रो को सदस्यता लिने ग्राहकले डिजिटल वालेटबाट बै‌ंक खातामा रकम पठाउँदा महिनामा पाँच पटक सम्म शुल्क लाग्नेछैन। त्यो भन्दा बढी पटक पठाउँदा न्यूनत्तम १० रुपैयाँदेखि अधिकत्तम रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ।

पुरानो छोडौं,नयाँ प्रयोग गरौं
बजारमा उपलब्ध विद्युतीय भुक्तानी सेवा प्रदायकहरुको प्रयोगकर्ता स‌ंख्या थपिंदै गर्दा ग्राहकले पाउने छुट लगायतको सुविधा कटौती हुने र कतिपय सेवाका लागी शुल्क समेत तिर्नुपर्ने अवस्था हुन्छ ।

बुद्धिमानी ग्राहकले पुराना डिजिटल वालेटको सेवा सशुल्क प्रयोग गर्नुभन्दा आइओएस वा गुगल प्ले स्टोरबाट बजारमा उपलब्ध नयाँ भुक्तानी सेवा प्रदायकको एप्स डाउन लोड गरी निःशुल्क खाता खोलेर छुट लगायतको फाइदा उठाउन सक्छन् ।

हवाई उडानको टिकट टेलिफोन महशुल मोबाइल रिचार्जलगायतको सेवामा पुरानाभन्दा नयाँ भुक्तानी सेवा प्रदायकले दिने छुट रकम धेरै हुन्छ।

बै‌ंक खातामा रकम पठाउनका लागी कनेक्ट आइपिएस बजारमा उपलब्ध सबैभन्दा सस्ता डिजिटल वालेट सेवा प्रदायक हो ।

कनेक्ट आइपिएस एप्सको माध्यमबाट ४ रुपैयाँदेखि ८ रुपैयाँमै एउटा बै‌ंक खाताबाट अर्को बैंक खातामा विद्युतीय माध्यमबाट सहजै रकम पठाउन सकिन्छ।

IME Lifesidebar
kumari