stcnepal long ad
global ime bank long

लगानी बोर्डमा सूचीकृत आयोजनामा प्रधानमन्त्रीले चासो देखाए 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डमा सूचीकृत आयोजनामा चासो देखाएका छन् ।

प्रधानमन्त्रीले लगानी बोर्डबाट सहजीकरण भइरहेका सार्वजनिक निजी साझेदारी तथा निजी लगानीका परियोजनाहरुको प्रगति तथा सम्पादित कार्यहरूको सम्बन्धमा जानकारी लिएको बोर्डले जनाएको छ । साथै उक्त बोर्डमै पुगेर प्रधानमन्त्रीले परियोजनाका विकासकर्ताहरुसँग समेत भेटघाट र अन्तक्र्रिया समेत गरेका छन् ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ तथा रणनीतिक योजनाले निर्दिष्ट गरेअनुरुप परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीका सम्बन्धमा प्रधानमन्त्रीसमक्ष जानकारी गराएका थिए ।

छलफलमा अरुण तेस्रो तथा तल्लो अरुण जलविद्युत् परियोजना, होङ्सी तथा हुवासिन सिमेन्ट नारायणी परियोजनाको कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै, माथिल्लो कर्णाली जलविद्युत परियोजना, माथिल्लो मर्स्यांग्दी –२ अर्धजलाशययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्त र सेती नदी(६ अर्ध(जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजना डाबर नेपाल, चीन–नेपाल मैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केवलकार परियोजनाका विकासकर्ताले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

प्रधानमन्त्री दाहालले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने कुरामा सबै विकासकर्तालाई आश्वस्त हुन र लगानी बोर्डको भावी कार्यसम्पादनका सम्बन्धमा कार्यालयलाई विशेष निर्देशन दिए ।

IME Lifesidebar
kumari