citizens life insurance long ad

सबै सञ्चारमाध्यमबाट मदिराका विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्ड आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विज्ञापन बोर्डले सबै किसिमका सञ्चारमाध्यमहरुलाई मदिराजन्य पदार्थका विज्ञापन तत्काल हटाउन आग्रह गरेको छ । बोर्डले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्न नगराउन आग्रह गरेको हो ।

प्रवक्ता एवम् प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमले सर्वोच्च अदालतले गत फागुन ११ गते नै कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्न, नगराउन जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सम्मानित सर्वोच्च अदालतबाट फागुन ११ गते कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्नु, नगराउनु तथा त्यसको अनुगमन गरी दुई महिना भित्र बोर्डले अनुगमन प्रतिवेदन अदालतमा पेश गर्नु भनी अन्तरिम आदेश भएको छ’, बोर्डले भनेको छ ।

 

IME Life
kumari