citizens life insurance long ad

साउदी कम्पनी ‘अरामको’को १६१ अर्ब अमेरिकी डलरको कीर्तिमानी नाफा

Nimb long ad
Prabhu Insurance Long Ad

साउदी अरामकोले गत वर्ष १६१ अर्ब १० करोड अमेरिकी डलर बराबरको ‘कीर्तिमानी’ मुनाफा आर्जन गरेको जनाएको छ । एप्पलपछि विश्वकै दोस्रो महत्वपूर्ण कम्पनी अरामकोले साउदी शेयर बजारलाई दिएको जानकारीअनुसार सन् २०२१ को ११० अर्ब अमेरिकी डलरको तुलनामा सन् २०२२ को खूद आम्दानी ४६ प्रतिशतले बढेको छ ।

सन् २०१९ मा अरामको सूचीबद्ध कम्पनी बनेपछिको सबैभन्दा बलियो नतिजा हो । “मुख्यतया कच्चा तेलको उच्च मूल्य र बिक्री भएको परिमाण र बलियो प्रशोधन नाफाको प्रभावका कारण भएको हो,” कम्पनीद्वारा सार्वजनिक प्रतिवेदनमा भनिएको छ ।

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वव्यापी ऊर्जाको मूल्य बढेको थियो । एम्नेस्टी इन्टरनेसनलका महासचिव एग्नेस क्यालामार्डले एक विज्ञप्तिमा भन्नुभएको छ, “जीवाश्म इन्धनको बिक्रीबाट कम्पनीले एकै वर्षमा १६१ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा कमाउनु आश्चर्यजनक छ ।

एम्नेस्टीले अरामकोको नाफालाई ‘एकै वर्षमा कुनै पनि कम्पनीले सार्वजनिक गरेको अहिलेसम्मकै सबैभन्दा धेरै’ भनेको छ र यसलाई ‘नवीकरणीय ऊर्जामा मानव अधिकारमा आधारित सङ्क्रमणको लागि वित्त पोषण गर्न प्रयोग गरिनुपर्छ’ भनेको छ ।

IME Life
kumari