citizens life insurance long ad
stcnepal long ad

५ करोडमा दरबारमार्गको स्वरुप फेरिँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौँ महानगरपालिकाले करिब ५ करोड रुपियाँ खर्चेर दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने भएको छ। महानगरले दरबारमार्गमा हालको साइड ड्रेन, फुटपाथ, पुनःनिर्माण गर्नेभएको छ ।

सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले कामपाले एक साताअघि फागुन ८ गते पहिलो चरणको टेन्डर आहृवान गरेको बताए ।

उनका अनुसार करिब ६ महिना अघिदेखि दरबारमार्गलाई कसरी सौन्दर्यीकरण गर्न सकिन्छ भनी अध्ययन शुरूगरेको थियो। सबै सरोकारवालासँगको छलफलपछि करिब एक महिनाअघि दरबारमार्गको किडी नक्सा तयार भएको थियो।

करिब एक वर्ष अवधिमा निर्माण र सौन्दर्यीकरण गर्ने काम पूरा गर्ने जिकिर गर्दै कामपाले नामअनुसारको क्षेत्रको व्यवस्थापन गर्ने बताएको छ । यसअघि कामपाले न्युरोड क्षेत्रमा कुमारी र काष्ठमण्डपको आकृतिसहितको रेलिङ निर्माण गरिसकेको छ।

विभागीय निर्देशक थापाले भने, नयाँ ढल, बाटो, फुटपाथ अपग्रेडिङ, सडकबत्ती जडान, ल्वमा बत्ती राख्ने, बाटोको दुवै साइडमा लाइटिङ जडान गर्ने, गमला सजावट, मौसमअनुसारको फूल, गार्डेनिङ, ग्रेनाइट बिच्छाउने, अन्डर ग्राउन्ड पार्किङलगायत सबै संरचना परिवर्तन गरी नयाँ स्वरूपको दरबारमार्ग बनाउने तयारीमा लागेका छौं । टेन्डर प्रक्रिया पूरा गर्न करिब ३ महिना लाग्नेछ ।

महानगरले छुटपाथमा बटुवा र पर्यटक बस्न मिल्ने गरी छुट्टै संरचना बनाउने भएको छ। संघीय राजधानीका मुख्य रूपमा रहेको व्यापारिक क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा यसअघि राजधानीको बागबजार, पुतलीसडक, बानेश्वर, माइतीघरदेखि कोटेश्वर, सिनामंगलदेखि त्रिभुवन अन्तर राष्ट्रिय विमानस्थल सडकसम्म सौन्दर्यीकरण गरिसकेको छ।

दरबारमार्गको भने बेग्लै किसिमको सजावट गर्न लागिएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

IME Life
kumari