citizens life insurance long ad
stcnepal long ad

रास्वपाले आज सोमबार केन्द्रीय समिति बैठक बोलाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ। वर्तमान राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा ९एमाले०का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिनुभएको छ।

राष्ट्रपतिको निर्वाचनमा रास्वपा कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन। केन्द्रीय समिति बैठकमा रास्वपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा छलफल गर्ने बताइएको छ।

रास्वपा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिए पनि अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन।

IME Life
kumari