citizens life insurance long ad
stcnepal long ad

यती एयरको हवाई बीमा हिमालयन एभरेष्टसँग,दाबी भुक्तानीको जोखिम बेलायती पूनर्बीमकको काँधमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यती एयरले आज पोखरामा दुर्घटना भएको एटिआर ७२–५०० विमानको बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा रहेको छ । दुर्घटना लगत्तै हिमालयनले पुनर्बीमा कम्पनी मार्फत क्षति मूल्याङ्कनका लागि सिङ्गापुरबाट सर्भेयर झिकाएको छ । कम्पनीले भने वेलायती पुनर्बीमक एमएआरएससँग पुनर्बीमा गरेको छ ।

नेपालमा हवाइ क्षेत्रका दक्ष सर्भेयरको अभावले गर्दा बीमा कम्पनीले विदेशबाट सर्भेयर झिकाउदै आएका छन् । तर सर्भेयर एसोसिएसनका अध्यक्ष मोहन पुरुष ढकालका अनुसार नेपालमा पनि हवाइ क्षेत्रको क्षति मूल्याङ्कन गर्न योग्य सर्भेयरको कमि छैन । आवस्यक पर्यो भने सर्भेयरको तर्फबाट सहयोग गर्न सर्भेयर एसोसिएसन तयार रहेको उनले बताए ।

नेपाली बीमा कम्पनीले एकदमै न्युन मात्रै जोखिम बहन गर्ने भएकाले यसको क्षति मूल्याङ्कनका लागि विदेशी पुनर्बीमा कम्पनीहरु मार्फत काम भइरहेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

हालको प्रचलित व्यवस्था अनुसार बीमा कम्पनीहरुले बीमा कम्पनीको मूल्याङ्कन गरेर जहाज र जहाजमा रहने यात्रुको सिट संख्याका आधारमा यात्रुको छुट्टै बीमा हुन्छ । नेपाली बीमा कम्पनीले सम्पुर्ण जोखिम विदेशी पुनर्बीमा कम्पनीलाई नै हस्तान्तरण गर्ने भएकाले क्षति मूल्याङ्कनका सम्पुर्ण काममा विदेशी पुनर्बीमकले नै हेर्छन् ।

हाल बजार मूल्य अनुसार यस बीमानको मूल्याङ्कन एक अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै जहाजमा सवार यात्रुको हकमा २० हजार अमेरिकी डलको बीमा हुने गर्छ ।

यस हिसावले बीमानमा सवार एउटा यात्रुको मृत्यु भएमा उसको परिवारले लगभग २५ लाख भन्दा माथि पाउछन् । तर यति एयरले प्रति यात्रु कति बीमा‌ंकको बीमा गरिएको भन्ने बारे आफ्नो वेबसाइटमा कुनै विवरण खुलाएको छैन ।

मन्ट्रियल महासन्धी १९९९ का अनुसार हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रीको परिवारले १ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने प्रावधान भएपनि नेपालमा सरकारले अझैसम्म यो कार्यान्वयनमा ल्याएको छैन ।

हवाई यातायात सेवा संचालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत् प्रति यात्रु एक लाख अमेरिकी डलर क्षतिपूर्ती प्रदान गर्ने प्रस्ताव सहितको मस्यौदा २०७८ माघमै पर्यटन मन्त्रालयमा पेश गरिए पनि यो कार्यान्वयनमा ल्याइएको छैन ।

यात्रुको बीमाङ्क बढाउदा नेपाली बीमा कम्पनीहरुले बीमा शुल्क पनि धेरै भुक्तानी गर्नु पर्छ त्यसैले गर्दा पनि उनिहरुले यस किसिमको अन्तर्राष्ट्रिय प्रोटोकललाई पालना गरेको पाइदैन ।

IME Life
kumari