citizens life insurance long ad
stcnepal long ad

पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुु मरासिनीले पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा पूर्ण रूपमा स्वचालित प्रणाली लागू गरिने बताउनुुभएको छ ।

नेपाल आयल निगमको ५३औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचिव मरासिनीले स्वचालित मूल्य प्रणाली लागू नहुुँदा निगमको वित्तीय अवस्था कमजोर हुुँदै गएकाले अब पूर्ण रूपमा लागू गरिने बताउनुुभएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सन् २०२३ मा कच्चा तेलको मूल्य घट्ने देखिएकाले पनि स्वचालित मूल्य लागू गर्न सहज हुने उहाँले बताउनुभयो ।

पेट्रोलियम पदार्थको कारोबार गर्ने निगम एकाधिकार प्राप्त रहेको र व्यापारिक मोडेलको संस्था भएकाले आम्दानी बढेको हुुनुपर्छ, सचिव मरासिनीले भन्नुुभयो, “अहिले निगमको अवस्था कहाँ छ भनेर प्रश्न गर्नुुपर्ने अवस्था आएको छ ।”

निगमप्रति उपभोक्ताको चासो बढेकाले संस्था सुधार गर्न कर्मचारीले दैनिक कम्तीमा पाँच वटा कामको प्रतिबद्धता गर्नुुपर्ने र संस्थालाई कारोबार मात्र नभएर लगानी गर्ने हिसाबमा पनि अगाडि बढ्न उपयुक्त हुने बताउनुभयो ।

निगमको विकल्प भनेको गुणात्मक सुधारसँगै डिजिटल प्रविधिको प्रयोग गर्नुु रहेको सचिव मरासिनीले बताउनुुभयो ।

नेपालका पेट्रोल पम्पहरू फोहोर र अव्यवस्थित रहेको भन्दै सचिव मरासिनीले व्यवसायीलाई पूर्वाधार सुधार गरी सबै किसिमको सुविधा पाउने ठाउँको विकास गर्न आग्रह गर्नुुभयो । इन्धन अत्यावश्यक वस्तुु भएकाले भन्डारण र सुधारमा जोड दिनुुपर्ने उहाँले बताउनुुभयो ।

कार्यक्रममा निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य बढेकाले आर्थिक चपेटामा निगम परेको बताउनुुभयो । “स्वचालित मूल्य प्रणाली नियमित रूपमा लागू गरेको भए निगमको अवस्था कमजोर हुुने थिएन,” कार्यकारी निर्देशक थानीले भन्नुुभयो, “अब ग्याससँगै अरू इन्धनमा स्वचालित मूल्य प्रणालीमा इन्धनको मूल्य तोक्न सबैको साथ र सहयोग आवश्यक छ ।”

गुणस्तरीय पेट्रोलियम पदार्थको नियमित रूपमा आपूर्र्ति सहज बनाउनु नै निगमको प्रमुख लक्ष्य रहेकाले इन्धन भण्डारण गृह निर्माण गर्न लागिएको कार्यकारी निर्देशक थानीले जानकारी दिनुुभयो ।

पूर्वाधार बढाइँदै

निगमको नीति तथा कार्यक्रमबमोजिम चालू आर्थिक वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार छ सय किलोलिटर क्षमताको अत्याधुनिक हवाई इन्धन डिपोको निर्माण, मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जमा दस हजार किलोलिटर क्षमताकोे पेट्रोल भण्डारण गृहको निर्माण र झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट र भण्डारण निर्माणसम्बन्धी प्राविधिक अध्ययन भइरहेको निगमले जनाएको छ ।

निगमले अमलेखगञ्ज–चितवन लोथर पेट्रोलियम पाइपलाइन, सिलगुढी–झापा पेट्रोलियम पाइपलाइन निर्माण, झापाको चारआलीमा भण्डारण गृह निर्माण तथा नेपालगञ्ज, धनगढी र सुर्खेतमा भण्डारण  क्षमता अभिवृद्धिका लागि जग्गा प्राप्ति प्रक्रिया पनि अघि बढाएको जनाएको छ ।

यस्तै गरी गण्डकी प्रादेशिक कार्यालय पोखरामा निर्माणाधीन दस हजार किलोलिटर क्षमताकोे डिजलको भण्डारण गृह पनि शीघ्र निर्माण सम्पन्न गरी यसै आर्थिक वर्षमा सञ्चालनमा ल्याउन लागिएको निगमले जनाएको छ ।

हाल सञ्चालनमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोलसमेतको आयात गर्ने प्रक्रिया अगाडि बढाएको निगमले जनाएको छ ।

कार्यक्रममा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले निगम विधि प्रणालीमा भन्दा पनि निर्देशन व्यवस्थाले चलेका कारण उपभोक्तामा नकारात्मक सन्देश परेको आरोप लगाउनुभएको थियो ।

एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कुुशकुमार मल्लीले स्वचालित मूल्य प्रणालीअनुुसार व्यवसायीको मुुनाफा पनि त्यहीअनुसार समायोजित हुुनुुपर्ने बताउनुुभयो । वार्षिक उत्सवको अवसरमा कर्मचारीलाई सम्मान तथा पुुरस्कार वितरण गरिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

IME Life
kumari