citizens life insurance long ad
stcnepal long ad

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदैछन्। गोरखा निर्वाचन क्षेत्र नं।२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन्।

प्रधानमन्त्री प्रचण्ड बुधवारबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लागेका हुन्।

खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदै छ। यसैबीच प्रधान सेनापति प्रभुराम शर्मा पनि गोरखा जाँदैछन्।

गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उनी गोरखा जान लागेका हुन्। सोही अवसरमा नेपाली सेनाले परम्परागत पोसाकमा परेड प्रदर्शन र राष्ट्रनिर्माताप्रति सलामी अर्पण गर्ने कार्यक्रम छ।

उनले गोरखा नगरपालिका र नेपाली सेनाको सहकार्यमा निर्माण गरिएको मनोग्राम उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

करिब २२ लाख रुपियाँको लगानीमा निर्माण गरिएको मनोग्राममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक, नेपालको नक्सा र राष्ट्रिय झन्डा राखिएको छ।

सो मनोग्राममा अब हरेक साँझ(बिहान नेपाली सेनाले परेड प्रदर्शन गर्नुका साथै राष्ट्र निर्माताप्रति सलामीसमेत अर्पण गर्नेछ।

IME Life
kumari