citizens life insurance long ad
stcnepal long ad

नेपाल टेलिकमको फाइभ–जी परीक्षण स्थगित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल टेलिकमले पूर्वनिर्धारित तालिका अनुसार आज आइतबारदेखि सुरू हुने भनिएको फाइभ–जी सेवाको ट्रायल स्थगित गरेको छ ।

टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभ–जी चल्ने मोबाइलको संख्या न्यून देखिएपछि ट्रायल स्थगित गरेको हो । टेलिकमले फाइभ–जीको परीक्षणको लागि आन्तरिक रुपमा तयारी अन्तिम चरणमा पुर्याएपनि केही प्राविधिक विषयका कारण फाइभ–जीको ट्रायल स्थगन भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

उनले परीक्षण गर्न लागेको २६ सय मेगाहर्ज ब्यान्डविथको फ्रिक्वेन्सीमा चल्ने मोइबल डिभाइस नै ज्यादै न्यून संख्यामा भेटिएको कारण परीक्षण केहीपछि सारेको जानकारी दिए । टेलिकमले पुस १७ गतेबाट फाइभजी परीक्षण गर्ने भन्दै तयारी गर्दै आएको थियो । अब टेलिकमले थप तयारी गरेर मात्र फाइभ(जीको परीक्षणकाल सुरु गर्ने तयारी गरेको हो ।

परीक्षणका लागि टेलिकमले उपकरण, प्रविधि जडान सहित जनशक्तिलाई तालिम सहितका तयारीहरु सम्पन्न गरिसकेको छ। सामान्य मोबाइल इन्टरनेटभन्दा द्रुत हुने फाइभजी इन्टरनेट औद्योगिक, सेवामूलक, नवप्रवर्तनात्मक र उच्च व्यवसायिक क्षेत्रमा प्रयोग हुने डाटा सुविधा हो ।

IME Life
kumari