stcnepal long ad
ime life insurance
national life
global ime bank long

महानगरकी उपप्रमुख डंगोलसँग स्वीस राजदूत क्याप्लरको शिष्टाचार भेट

सहरी विकास र व्यवस्थापनका विषयमा कुराकानी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले शिष्टाचार भेट गर्नुभएको छ । भेटका लागि उहाँ आज उपप्रमुखको कार्यकक्षमा आउनुभएको थियो ।

भेटका क्रममा उपप्रमुख डंगोलले भित्री सहरी क्षेत्रका परम्परागत भवन निर्माण गर्न घर धनीलाई सहुलियत दिने गरिएको, महिला हिँसा न्युनीकरणका लागि वडा स्तरीय महिला सेल गठन गरिएको, न्यायिक समितिमा उजुृरी आउनु अघि वडास्तरीय मेलमिलाप कक्षमा छलफल गराउने प्रयास गरिएको, फोहोर व्यवस्थापनका लागि विभिन्न अवधारणा अघि सारिएको तीमध्ये उपयुक्त विधिको छनौट गर्ने योजना रहेको बताउनुभयो । राजदूत क्याप्लरले सोध्नुभएका प्रश्नको जवाफमा उहाँले यस्तो बताउनुभएको हो ।

राजदूत क्याप्लरले सहरी विकासका पूर्वाधार, सम्पदा क्षेत्रका संरचनाको व्यवस्थापन, महानगरको निर्णय प्रक्रिया लगायत विषयमा जिज्ञासा राख्नुभएको थियो ।

IME Lifesidebar
kumari