citizens life insurance long ad
stcnepal long ad

प्रभु लाइफ इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको सेयर कारोबार फुकुवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रभु लाइफ इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको सेयर कारोबार फुकुवा गरेको छ । अब बुधबारदेखि कम्पनीको सेयर कारोबार पुनः सुरु हुनेछ । नेप्सेले महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको प्रभुको आधारभूत सेयरधनीहरु बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हो ।

दुवै इन्स्योरेन्सले गत असार ३० गते मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेपछि असार ३१ गतेबाट सेयर कारोबार रोक्का रहेको थियो ।

यता, सेन्ट्रल फाइनान्सले भने दोस्रो बजारमा प्रत्यक्ष प्रभाव पार्ने लाभांश सम्बन्धी सूचना समयमा नदिएको भन्दै नेप्सेले पुस ६ गतेखि सेयर कारोबार रोक्का गरेको थियो ।

नेप्सेले सेयर कारोबार रोक्का गर्दै कम्पनीलाई ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत निर्देशन दिएको थियो । सेन्ट्रलले स्पष्टीकरण पेश गरेपछि सचेत गराउँदै सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी गराएको छ ।

 

IME Life
kumari