stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पन्ध्र लाख मात्रा फाइजर खोप ल्याइने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य सेवा विभागले गाभी मार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उक्त खोप नयाँ भेरियन्टका लागि प्रभावकारी रहेको पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेपछि खोप ल्याउने तयारी भइरहेको हो ।

सचिव पोखरेलका अनुसार स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले औषधि व्यवस्था विभागसँग अनुमतिसमेत मागिसकेको छ । महाशाखाका निर्देशक डा. विवेककुमार लालले विभागबाट आकस्मिक प्रयोगका लागि अनुमति पाउनासाथ कोभ्याक्समा पठाउने जानकारी गराउनुभयो ।

उहाँले १५ लाख मात्रा खोप आउने जानकारी दिनुभयो । यसअघि अध्यादेशमार्फत आकस्मिक प्रयोगका लागि खोपको अनुमति दिइने गरेको थियो ।

हाललाई औषधि ऐनअनुसार औषधि सल्लाहकार समितिबाट अनुमति लिएर काम अघि बढिरहेको उहाँको भनाइ छ । डा. लालले कोभ्याक्सले नेपाललाई आवश्यक पर्ने थप खोप अनुदानको रूपमा उपलब्ध गराउने आश्वासन दिएको जानकारी गराउनुभयो ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पनि नयाँ स्वरूप फैलन सक्ने भन्दै जनस्वास्थ्य मापदण्डको पालना गर्न अपिल गरेको छ ।

कोभिडविरुद्धको अतिरिक्त मात्रा खोप ९बुस्टर डोज० लगाउन पनि मन्त्रालयको आग्रह छ तर हाल नेपालमा १८ वर्षमाथि उमेर समूहका लागि बुस्टर मात्रा खोप लगाउनका लागि खोपको अभाव छ ।

आपूर्ति महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले हाल ४७ लाख मात्रा खोप बाँकी रहेको जानकारी दिनुभयो । त्यसमध्ये ४२ लाख साइनोभ्याक्स र भेरोसेल खोप बाँकी रहेको छ तर उक्त खोप बुस्टरका लागि लगाउन मिल्दैन ।

डा. चौरसियाले पाँच लाख फाइजरलगायतको खोप बाँकी रहेको जानकारी दिनुभयो । उहाँले उक्त फाइजर खोप बालबालिकालाई लगाउन मिल्ने बताउनुभयो । बालबालिकाको बुस्टर मात्रा रहेको भन्दै उहाँले वयस्कहरूलाई लगाउने बुस्टर मात्रा खोप केन्द्रीय खोप भण्डारणमा नरहेको बताउनुभयो ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको अभाव रहेको जानकारी दिनुभयो । उहाँले काठमाडौँलगायतका विभिन्न जिल्लाका केही अस्पतालमा बुस्टर डोजका लागि खोप रहेको जानकारी आफूले पाएको बताउनुभयो ।

उहाँले चीन सरकारले अनुदानमा प्राप्त कोभिडविरुद्धको ४२ लाख मात्रा साइनोभ्याक्स खोप व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति व्यवस्था शाखामा रहे पनि बुस्टरका लागि विश्व स्वास्थ्य सङ्गठनले प्रयोग गर्न अनुमति नदिएकाले बुस्टरका रूपमा प्रयोग गर्न नपाइने बताउनुभयो ।

नेपालमा पनि राष्ट्रिय खोप सल्लाहकार समितिले अनुमति दिएको छैन । उक्त खोप थन्किएर रहेको छ । डा। लालले पहिलो र दोस्रो मात्राका लागि साइनोभ्याक्स खोप प्रयोग गर्न मिल्ने जानकारी दिनुभयो ।

व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा। सुरेन्द्र चौरसियाले चिनियाँ खोपको अवधि अझै एक वर्ष बढी रहेको जानकारी दिँदै बुस्टरका लागि खोप आयात गर्ने तयारी भइरहेको बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

prabhu mahalaxmi
kumari