आज तेह्रथुम पावर कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आज पुस १० गते आइतवार बस्दैछ। पाँचौं वार्षिक साधारण सभा काठमाडौंको होटल हार्दिक बागबजारमा दिनको ११ः३० बजे हुने कम्पनीले जानकारी दिइएको हो ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ । त्यसैगरी २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सञ्चालक समितिको निर्वाचनका लागि निर्वाचन अधिकृत चयन सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि मङ्सिर २५ देखि पुस १० गतेसम्म शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा मङ्सिर २१ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
























