stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौंं महानगरपालिकाका पाँच उच्च अधिकारी सरुवा

मेयर सचिवालयमा न्यौपाने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंं महानगरपालिकाले पाँच उच्च अधिकारीको सरुवा गरेको छ । मेयर वालेन्द्र साहको सल्लाहमा प्रमुख प्रशासकीय अधिकृतले पाँच निर्देशकलाई सरुवा गरेका हुन् ।

सरुवा हुनेमा प्रशासन विभागका प्रमुख महेश काफ्ले, गोपाल पोखरेल, यादव घिमिरे, नुरनिधि न्यौपाने र दीपक अधिकारी रहनुभएको छ ।

काफ्लेलाई प्रशासन विभागबाट सार्बजनिक निजी साझेदारी कार्यक्रम (पिपिपि०), अधिकारीलाई प्रशासन विभाग, गोपाल पोखरेलाई सामाजिक विकास विभाग, घिमिरेलाई आन्तरिक लेखा परीक्षण र न्यौपानेलाई मेयर सचिवालयमा सरुवा गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी भारत भ्रमण जानुअघि मंगलबार ती उच्च कर्मचारीलाई सरुवा गरिएको हो ।

IME Lifesidebar
kumari