stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

क्लासिक टेकको पब्लिक लिमिटेडमा जाने तयारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अब पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरिरहेको छ ।

कम्पनीका अनुसार पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको छ । कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्वसाधारणका लागि सेयर ९आइपिओ ० जारी गर्नेछ ।

क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो । हाल सम्म ७४ जिल्लाका १०६ आउटलेट तथा शाखाबाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले अन्य विभिन्न स्थानहरूमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।

prabhu mahalaxmi
kumari