stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘वेलकम टु हेम्जाकोट’ लाई उत्कृष्ट नेपाली फिल्मको अवार्ड प्रदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। काठमाडौंमा आयोजित चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा नेपाली फिल्म ‘वेलकम टु हेम्जाकोट’ ले उत्कृष्ट नेपाली फिल्मको अवार्ड जित्न सफल भएको छ ।

सरोज पौडेलले पहिलो निर्देशन गरेको यो फिल्मले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । ‘म त सिक्दै छु, राम्रो लेखक अनि निर्देशक बन्न ।

तर मेरो लेखन तथा निर्देशन रहेको नेपाली चलचित्र ‘हेम्जाकोट’ ले नेपाल कल्चरल ईन्टरनेशनल फिल्म फेस्टिवलामा बेस्ट नेपाली फिचर फिल्मको उपाधि जितेको खबर सुनाउन पाउँदा वास्तव मै खुसी छु ।

मलाइ यहाँसम्म पुर्याउन साथ दिने मेरो घर, परिवार, इस्टमित्र, साथीसङ्गी, मलार्ई भरोसा गर्ने मेरा निर्माता तथा यस फिल्ममा मेहनत गर्ने कलाकार, प्राविधिक सबैको सामुहिक प्रयास बिना सायद सम्भव थिएन।

यस कार्यक्रमका आयोजक, सम्मानित देश–विदेशका जज, जुरि मेम्बरहरु जसले हाम्रो कामलाई यो लायक सम्झेर स्थान दिनुहुने सम्पुर्णमा धन्यवाद दिन चाहन्छु ।’ उनले भनेका छन।

निर्देशक पौडेलले यो हौसलाले आफूलाई आफ्नो काममा अझै मेहनत गर्न, अगाडि बढ्न हौस्याएको उल्लेख गरेका छन् ।

तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३४ देशका विभिन्न विधाका ७२ अन्तराष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्महरु सहभागि भएका थिए ।

महोत्सवको समापन समारोहको उदघाटन काठमाडौं क्षेत्र नं ३ बाट नवनिर्वाचित संघीय सांसद सन्तोष चालिसेले गरेका थिए ।

फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रम नेपाल कल्चर एण्ड फिल्म सेन्टरका अध्यक्ष सन्तोष सुवेदीको सभापतित्वमा भएको थियो ।

नेपाल चलचित्र विकास बोर्डको हलमा आयोजित समापन समारोहमा विभिन्न विधामा उत्कृष्ठ भएका राष्ट्रिय अन्तराष्ट्रिय फिल्महरुलाई अवार्ड प्रदान गरिएको थियो ।

फिल्ममा विनोद न्यौपाने, बुद्धि तामाङ, शारदा गिरी, अम्बिका तामाङ, सुजैरा कार्की, अस्मिता पन्त, बिशाल पहाडी, रबि गिरी, सन्दिप सिग्देल र स्वर्गिय जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

तेजप्रसाद दाहालको प्रस्तुतिमा सुमन खड्का कार्यकारी निर्माता रहेको फिल्ममा जितेन्द्र गिरी निर्माताको रुपमा रहेका छन् ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रवीण राई, रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईँ, आइतराम तामाङ, शशांक खड्का, गोपाल सानु र युवराज कट्वाल सहनिर्माता रहेका छन् । दीर्घ गुरुङले खिचेको फिल्मलाई आर।आर। फिलिम्सले बितरण गर्दैछ ।

prabhu mahalaxmi
kumari