citizens life insurance long ad
stcnepal long ad

पोल्यान्डको राजधानी सहर वार्सामा नेपाली कन्सुलर कार्यालय स्थापना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। पोल्यान्डको राजधानी सहर वार्सामा नेपाली कन्सुलर कार्यालय स्थापना भएको छ ।नेपाली समुदाय एवम् बवदेशी कूटनीतिक क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा यही डिसेम्बर ९ मा पोल्यान्डका लागि नेपाली कन्सुलर कार्यालयको विधिवत् सुरुवात गरिएको हो ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खडकाले कार्यालयको उद्घाटन गर्दै पोल्यान्डमा रहेका नेपालीको हकहितको लागि आफू र नेपाली दूतावासको तर्फबाट सक्दो सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोल्याण्डको समेत गैर आवासीय राजदूत खडकाले कन्सुलर कार्यालयको स्थापनाले दुई देशको मात्र नभई पोल्यान्डमा रहेका नेपालीको समस्या सम्बोधन गर्नसमेत सहयोग पुग्ने बताउनुभयो ।

नेपाल सरकारले हालै मात्र डा। बोधराज सुवेदीलाई पोल्यान्डका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । करिब ६३ वर्ष लामो कूटनीतिक ,राजनीतिक र सांस्कृतिक सम्बन्ध रहेको पोल्यान्डमा पहिलोपटक नेपाल सरकारले अवैतनिक वाणिज्यदूत नियुक्त गरेको हो ।

लामो समयदेखि पोल्यान्डलाई कर्मथलो बनाउँदै आउनुभएका डा. सुवेदीको पहलमा आफ्नै निवासमा कार्यालय स्थापना भएको हो ।

अवैतनिक वाणिज्यदूत डा. सुवेदी त्यहाँ रहेका नेपालीहरूको हक हितमा सक्रियतापूर्वक लागेका व्यक्ति हुनुहुन्छ ।

पेसाले वरिष्ठ चिकित्सक समेत रहनु भएका डा. सुबेदी गैर आवासीय नेपाली सङ्घ पोल्याण्डका प्रमुख संरक्षक र संस्थापक अध्यक्ष समेत रहनुभएको छ । डा. सुवेदीले पोल्यान्डसहित युरोपमा रहेका नेपालीहरूलाई समेत आफ्नो सेवा दिइरहनु भएको छ ।

अवैतनिक वाणिज्यदूत डा। सुवेदीले बिना स्वार्थ नेपाल र नेपालीका लागि निरन्तर लागिरहेको र आफूलाई प्राप्त यस जिम्मेवारीले अझ थप प्रेरणा,उर्जा र हौसला मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सबै पोल्यान्डवासी नेपालीको हकहित र अधिकारका निमित्त कानुनी र साङ्गठनिक रूपमा सक्दो सहयोग र सहकार्य गर्नेछु । हाल पोल्यान्डमा मात्र पाँच हजारभन्दा बढी नेपालीहरू बसोबास गरिहरेका छन् ।’’

IME Life
kumari