stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

“Split Bill” को सुविधा नमस्ते पे एपबाट सुचारु 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मा Split Bill को सुबिधा प्रयोग गर्न सक्नेछन्। यो सुबिधा को फाइदा Android र IOS दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन्।

साथीभाई र आफन्त संग खाजा खादा होस् या shopping जादा, Namaste Pay को Split Bill सेवा कुनै झन्झट बिना छिटो, सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिन्छ। QR Scan मार्फत Merchant भुक्तानी गर्दा पनि यो सुबिधाबाट लाभ लिन सकिन्छ।

NDPC नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक  ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो ।

नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी ग्क्क्म् मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन्।

नमस्ते पे नगद रहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ

 

prabhu mahalaxmi
kumari