stcnepal long ad
global ime bank long

समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सार्वजनिक गर्दै आयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिनिधि सभा सदस्यको सूचीमा समस्या नरहेको तर प्रदेश सभा सदस्यको समानुपातिकको सूची सच्याउन दलहरुलाई सोमबार अपरान्हसम्मको समय आयोगले दिएको छ ।

सोमवार नै समानुपातिक तर्फ विजयी उमेदवारहरुको नामवली सार्वजनिक गर्ने तयारी भए पनि प्रदेश सभा तर्फ केही दलले कल्सटर अनुसार नामावली नबुझाएकाले सोमबार अपरान्हसम्मको समय दिएको आयोगले जनाएको छ।

दलहरुले नियमानुसार नामावली पठाएमा आजै समानुपातिकतर्फ विजयी भएकाहरुको नामावली सार्वजनिक गर्ने तयारी आयोगको छ ।

आज समय अपुग भएमा मंगलबार नामावली सार्वजनिक गरिने पनि निर्वाचन आयोगले जनाएको छ ।

 

IME Lifesidebar
kumari