stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सनिगाड हाइड्रोले आइपीओ जारी गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि आइपीओ निष्काशन गर्ने भएको छ ।

जसका लागि कम्पनीले विक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले १ सय रुपैयाँ अकिंत दरको साधारण शेयर ६७,५०,००० कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच कम्पनीको रजिष्टर्ड कार्यालय धोवीघाट, लिलितपुरमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरेको हो ।

जारी पूँजी रु.२ करोड २५ लाख रहेको सनिगाड हाइड्रो लिमिटेडकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केहि साता भित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari