stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पीपीए नभए पुनः लोडसेडिङको अवस्था आउन सक्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पीपीए गर्न सरकारसँग आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘फिन इलेक्ट्रो टेक–२०२२’ प्रदर्शनी कार्यक्रममा उपाध्यक्ष ढकाललेसो आग्रह गरेका हुन् । उर्जा क्षेत्रमा निजी क्षेत्रले खर्बौं रुपैयाँ लगानी गरिसकेको अवस्था रहेको र यसमा सरकारले पीपीए गर्न ढिलाई गरेमा लगानी खेर जाने बताए ।

‘कुलमान सर र अर्थमन्त्रीज्यूलाई म के भन्छु भने, बिजुली खपत कम भएको बहानामा निजी क्षेत्रका बिजुली उत्पादकहरुसँग पीपीए भएन भने निजी लगानीकर्ताहरु पूर्ण रुपमा निरुत्साहित हुनेछन्’ ढकालले भने, ‘चाँडै पीपीए गर्नुस्, हामी सरकारलाई सहयोग गर्न तत्पर छौं ।’ पीपीए गर्न ढिलाई गरिए पुनः लोडसेडिङको अवस्था आउन सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रबाट उत्पादिन  बिजुली खरिद गर्न प्राधिकरण सरकारसँगको समन्वयमा पीपीए गर्न तयार रहेको बताए ।

prabhu mahalaxmi
kumari