stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोका–कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । कोका–कोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक  दिनेश काफ्ले, मनमोहन अस्पतालका कार्यकारी निर्देशक  उत्तमकृष्ण श्रेष्ठ, नेपाल र भुटानका लागि कोका–कोलाका कन्ट्रीे डाइरेक्टर  आदर्श अवस्थी, भारत र दक्षिण पश्चिम एसियाका लागि सस्टेनिबिलिटी र सिएस्आर डिरेक्टर राजेश अयापिल्ला,क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्र र कोका–कोला बोटलर्स नेपाल लिमिटेडका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा हस्तान्तरण समारोह सम्पन्न भएको हो ।

एक पटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सकिने यस अक्सिजन प्लान्टबाट प्रति सेकेन्ड २४० लिटर अक्सिजन उत्पादन गर्न सकिन्छ ।

अक्सिजन प्लान्ट स्थापनाको लागि क्रिएसन र कोका–कोला फाउन्डेसनलाई धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाईंले भन्नुभयो, “कोभिड महामारीले हामीलाई स्वास्थ्यजन्य विपतहरुबाट बच्न सदैव तयारी अवस्थामा रहनुपर्छ भन्ने कुराको महसुस गराएको छ । स्वास्थ्य सेवा क्षेत्रमा यस्तो सक्रिय संघ–संस्थाहरूकोे सहयोग पाउँदा हामी निकै खुसी छौँ ।”

त्यस्तै स्वास्थ्य सेवाको महत्वलाई आत्मसात गर्दै सेवाविहीन समुदायलाई सहयोग प्रदान गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको कोका–कोला फाउन्डेसनले जनाएको छ ।

कोका–कोला फाउन्डेसनको यो सहयोगले स्वास्थ्य क्षेत्रमा भएको संकटलाई सम्बोधन गरि पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्ने मनमोहन अस्पतालले जनाएको छ ।

क्रिएसनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले भन्नुभयो “अक्सिजन चाहिने बिरामीहरुलाई यसरी अक्सिजन प्लान्ट प्रदान गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यसले अस्पतालमा भएको अक्सिजनको कमीलाई धेरै हदसम्म समाधान गर्ने आशा गर्दछौँ ।”

त्रिवि शिक्षण अस्पताल विस १९८३ मा स्थापना भएको थियो । यो त्रिभुवन विश्वविद्यालय ( टियू) को चिकित्सा संस्थान(आइओएम) को एउटा अभिन्न अंग हो ।

७०० शैयाको सुविधा भएको त्रिवि शिक्षण अस्पताल नेपालको लोकप्रिय सरकारी अस्पताल हो । यस अस्पतालले विभिन्न चिकित्सा अनुसन्धान परियोजनाहरू सञ्चालन गर्दै आएको छ भने नेपालमा बायोमेडिकल र स्वास्थ्य विज्ञान अनुसन्धान ( बिएच्एस्आर) मा पनि ठूलो टेवा प्रदान गर्दै आएको छ ।

२२ वटा छुट्टा–छुट्टै विभागहरू भएको त्रिवि शिक्षण अस्पतालले आधारभूत चिकित्सा सेवा तथा सर्जिकल समस्याहरूदेखि लिएर क्यान्सर वार्डको साथै मुटुको शल्यक्रिया र मृगौला प्रत्यारोपण सम्बन्धि सेवाहरू प्रदान गर्दै आएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थान (आइओएम) अन्तर्गत विस २०६६ वैशाख १३ गते स्थापना भएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर ( एमसिभिटिसि) मा मुटु तथा फोक्सोको विशेषज्ञ उपचार सेवा उपलब्ध छ ।

अत्यन्त दक्ष, अनुभवी र समर्पित चिकित्सकहरूको नेतृत्वमा संचालित एमसिभिटिसिलाई प्यारामेडिकल तथा गैर–चिकित्सा क्षेत्रमा पूर्ण रुपमा समर्पित कर्मचारीहरूको राम्रो साथ र सहयोग छ ।

prabhu mahalaxmi
kumari