stcnepal long ad
ime life insurance
national life
global ime bank long

सर्वोच्चमा धर्ना दिइरहेका वकिलमाथि जुत्ता प्रहार

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका कानून व्यवसायीहरूमाथि जुत्ता प्रहार भएको छ । राणाको समर्थनमा वक्तव्य दिँदै आएकी, आफूलाई अभियन्ता बताउने तारा बरालले भने सर्वोच्चमा धर्नामा बसेका कानुन व्यवसायीहरुलाई जुत्ता प्रहार गरेकी छन्।

उनले आफूले लगाएको जुत्ता खोलेर प्रहार गरेकी हुन् । उनले बार मुर्दावाद, वकिलहरू मुर्दावाद, चोलेन्द्र श्रीमान् जिन्दावाद भन्दै नारा समेत लगाएकी थिइन् । कानुन व्यवसायीलाई जुत्ता प्रहार गर्ने बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आफूविरुद्ध संघीय संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी पाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालतमा हाजिर हुन जाने तयारीमा छन्।

बारको निर्णयानुसार कानुन व्यवसायीहरुले प्रवेशद्वारामा धर्ना दिइरहेका छन्। सर्वोच्च अदालत बाहिर राणाका समर्थक पनि पुगेका छन्।

prabhu mahalaxmi
kumari