stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल धितोपत्र बोर्डसँग नेपाल एसबीआई बैंकले २० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति माग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबीआई बैंकले २० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो ।

कुल २० लाख इकाईमध्ये ८ लाख इकाई ऋणपत्र सर्वसाधारणलाई जारी हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ ।

एसबीआईले १० वर्ष अवधि भएको ‘नेपाल एसबीआई बैंक डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९.७५ प्रतिशत ब्याजदर तोकिएको छ । एसबीआई बैंकको डिबेन्चरमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

prabhu mahalaxmi
kumari