citizens life insurance long ad
stcnepal long ad

विद्युतिय सवारी खरिद गर्दा नबिल बैंकले ८०% सम्म ऋण प्रदान गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले हुण्डाईका विद्युतिय सवारी (इभी) र इन्टरनल कम्बसन इन्जिन (आइसीई) खरिदका लागि सहज र सुलभ दरमा कर्जा उपलब्ध गराउने भएको छ।

सोही प्रयोजनका लागि नेपालका लागि हुण्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल र नबिल बैंक बिच सम्झौता भएको हो।

सम्झौता पत्रमा नविल बैंकको तर्फबाट नबिल बैंकका वरिष्ठ डीसीईओ सुजित शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रशाद सापकोटाले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार अब हुण्डाई गाडी, ईभी वा आईसीई फाइनान्स गर्न चाहनेले नबिल बैंकमार्फत १२ दशमलव ९९ प्रतिशतमा गर्न सक्नेछन्। बैंकले सबै आवश्यक कागजातहरु प्रमाणित भएमा १ दिन भित्र ऋण उपलब्ध गराउने जनाएको छ।

बैंकले उक्त सवारी खदिरका लागि सवारी मुल्यको व्यक्तिगत तर्फ ८० प्रतिशत र संस्थागत तर्फ ७० प्रतिशत कर्जा उपलब्ध गराउने छ। त्यस्तै इन्टरनल कम्बसन इन्जिन खरिदको लागि व्यक्तिगत हकमा ५० प्रतिशत र संस्थागत रुपमा ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ।

ग्राहकले नबिल बैंकको जुनसुकै शाखा वा हुन्डाईका देशभरका १७ वटा शोरुममा गएर यस अफरको फाइदा लिन सक्ने बैंकले जनाएको छ।

IME Life
kumari