stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विएफएसआई पार्टनरसीप समिट सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल र भारत दुई देश बीचका बैंक तथा वित्तिय संस्थाहरुबीच के कस्ता कार्यहरुमा सहभागिता गर्न सकिन्छ, दुईदेशबीच लगानी, रेमिटेन्स्, व्यापार, बैंकिङ्ग विषयहरुमा के कस्ता समस्याहरु छन् र ती समस्याहरु निवारण गर्नका लागि के कस्ता नीतिगत सुधारको आवश्यकता पर्दछ भन्ने विषयहरु छलफल गर्ने उद्देश्यले बैंकिङ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल र इण्डिया–नेपाल सेन्टर, पिएचडि चेम्बर अफ कमर्श भारतको सहकार्यमा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट –२०२२ कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन नेपाल र्राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नु भएको हो ।

उद्घाट मन्तव्य राख्दै गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रलाई मज्वुत बनाउनको लागि निर्यात प्रवद्र्धनमा जोडदिनु पर्ने बताउनु भयो । नेपाल र भारतमा समेत छोटो समय देखिएको तरलता अभाव चाँडैनै समाधान हुने उहाँको धारणा थियो ।

त्यसैगरी दुबै देशबीच रेमिटेन्सलाई फर्मलच्यानलबाट आदान प्रदान गर्नको लागि जोडदिन आग्रहसमेत गर्नु भयो । विगत ३ महिनामा निर्यात वृद्धि भएकोले भुक्तानी सन्तुलन सकारात्मक रहेको बताउनु भयो ।

prabhu mahalaxmi
kumari