citizens life insurance long ad
stcnepal long ad

हिमालयन डिस्टिलरीको ७०% लाभांश दिने घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन डिस्टिलरीले ७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ६० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

गत वर्ष यसले ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २५ प्रतिशत नगद गरी कुल १०० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यता, कम्पनीले लााभंश वितरण प्रस्ताव पारित गर्न पुस २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभा विरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुनेछ । सभाका लागि हिमालयनले पुस २० गते बुक क्लोज गर्नेछ । पुस १९ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

IME Life
kumari