stcnepal long ad
ime life insurance
national life
global ime bank long

गरिमा विकास बैंक लिमिटेड १५औं बर्ष पूरा गरि १६औं बसन्तमा प्रवेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।’Access to All’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको यस गरिमा विकास बैंक लिमिटेडले आज २०७९ साल मंसिर ७ गते, बुधवार आफ्नो स्थापनाकालको १५औं बर्ष पूरा गरि १६औं बसन्तमा प्रवेश गरेको छ ।

यस गरिमामय यात्रामा निरन्तर साथ दिनुहुने हाम्रा सेवाग्राही, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभ चिन्तकहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

हाल यस विकास बैंकले रु ७२ अर्ब निक्षेप संकलन गरेको छ भने रु. ६३ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ७ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको छ ।

यस विकास बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ र यो वर्ष पनि निम्न लिखित कार्यक्रमहरु सम्पन्न गरेको छ:
१. रक्तदान कार्यक्रम:

रक्तदान कार्यक्रमलाई गरिमा विकास बैंकले विगत वर्षहरुमा समेत महत्वका साथ निरन्तरता दिदै आएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके), बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा रहेका यस विकास बैंकका कलष्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरिएको छ । यस विकास बैंकले आयोजना गरेको यस रक्तदान कार्यक्रमहरुमा जम्मा ६१३ युनिट रगत संकलन भएको छ ।
२. क्रेडिट कार्डको शुभारम्भ:

यस विकास बैंकले १६औं बार्षिकोत्सवकै अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको छ ।

 

IME Lifesidebar
kumari