stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रत्यक्ष वैदेशिक लगानीस् प्रतिबद्धता अनुसार आए/नआएको रेकर्ड राखिँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । उद्योग विभागको अभिलेखले नेपालमा आर्थिक वर्ष २०४०/४१ देखि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रन थालेको देखाउँछ । तर, यस्तो लगानीको तथ्यांक अद्यावधिक गर्ने काम आव २०४६/४७ देखि मात्रै नियमित रूपमा गरिएको पाइन्छ । विदेशी लगानी आउन थालेको झन्डै ४ दशकपछि विभागले प्रतिबद्धताअनुसार लगानी आएरनआएको तथ्यांक राख्ने तयारी गरेको छ ।

विभागले हालसम्म कुनकुन देशबाट कति लगानीकर्ताले नेपालमा लगानी गर्न आवेदन दिए, कति लगानी प्रतिबद्धता आयो र स्वीकृत लगानी कति छ भन्नेसम्मको तथ्यांक राख्दै आएको छ ।

तर, प्रतिबद्धतामध्ये कति लगानी आयो, कति उद्योग खुले र कति जनाले रोजगारी पाए भन्ने अभिलेख विभागसँग छैन । विभागका अधिकारीहरू अनुमानका आधारमा प्रतिबद्धताको करीब ४० प्रतिशतसम्म लगानी भित्रिने गरेको बताउँछन् ।

प्रतिबद्धताको मात्रै तथ्यांक राख्दै आएको विभागले पहिलोपटक वास्तविक लगानी कति आउँछ, त्यसको ट्र्याकिङ गर्ने प्रणाली विकास गरेको छ ।

विभागका निर्देशक शंकरसिंह धामीले प्रतिबद्धताअनुसार कसले कति लगानी भित्र्यायो भन्ने अभिलेखको डाटाबेस बनाउने र त्यसलाई सफ्टवेयरमा राख्ने काम भइरहेको बताए ।

‘कुनै पनि विदेशी लगानीकर्ताले व्यावसायिक भिसा लिँदा विभागमा शेयर लगत पेश गर्नुपर्छ,’ उनले भने, ‘त्यो आधारमा कसले कति लगानी ल्यायो भन्ने डाटाबेसलाई विभागको सफ्टवेयरमा हालेपछि वास्तविक लगानी देखिनेछ ।’

विभागसँग ‘इन्डस्ट्री म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम’ छ । विदेशी लगानीकर्ताले लगानी प्रस्ताव र भिसाका लागि अनलाइनबाटै आवेदन दिन्छन् र स्वीकृति पनि पाउँछन् ।

तर, लगानीकर्ताले कति रकम ल्याए भन्ने रिपोर्टिङ र अनलाइनमा प्रविष्ट गराउने चलन भने नभएको धामीले बताए । नयाँ प्रणाली केही दिनमा लागू हुने र प्रतिबद्धताअनुसार रकम आयो कि आएन भन्ने जानकारी हुने उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari