stcnepal long ad
global ime bank long

वैशाख २६ बाट विद्यार्थी भर्ना सुरु हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २१ गते आइतबार 

काठमाडौं । कोरोना भाइरसको महामारी रोक्न सरकारले लकडाउन लागू गरेपछि विद्यार्थी भर्ना गर्न नपाएका छटपटाएका विद्यालयहरुलाई यही वैशाख २६ बाट भर्ना गर्न अनुमति दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

मन्त्री  पोखरेलले नयाँ शैक्षिक सत्रका निम्ति वैशाख २६ बाट विद्यार्थी भर्ना सुरु हुने बताएका छन् । एक दैनिक पत्रिकाको अनलाइन संस्करणसँग कुरा गर्दै पोखरेलले वैशाख २५ गतेसम्म लकडाउन कायम रहने र त्यसपछि मन्त्रिपरिषद्ले यसको मोडेल परिवर्तन गर्ने बताएका छन् ।

लकडाउनसम्म कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशित गर्न निर्देशन जारी भइसकेको बताउँदै उनले वैशाख २६ गतेबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु हुने बताएका छन् । सामुदायिक (सरकारी) विद्यालयमा लागू हुने पाठ्यपुस्तक तत्काल सम्बन्धित जिल्लामा पुर्‍याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको बताउँदै पोखरेलले त्यसै अनुसार निजी विद्यालयहरूले समेत तयारी गरेको बताएका छन् ।

IME Lifesidebar
kumari