निर्वाचनको सुरक्षा तयारी पूरा
भक्तपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा सुरक्षा तयारी पूरा भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहाद्रपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।
उनले भक्तपुरमा निर्वाचनका लागि दुई हजार दुई सय १८ सुरक्षाकर्मी परिचालन हुने जानकारी दिइन् । यससँगै कमाण्ड, रिजर्भ र संयुक्त अनुगमन टोलीलागायत सम्पूर्ण सुरक्षाको तयारी पूरा भइसकेको उहाँले बताइन् ।
सबै मतदान अधिकृतलाई निर्वाचन सामग्रीसहित मतदानस्थलमा पठाउनेसमेत तयारी पूरा भएको प्रजिअ शर्माले बताइन्।
भक्तपुरमा ७६ मतदानस्थलमा दुई सय १९ मतदान केन्द्र छन । जिल्लामा कूल एक लाख ९२ हजार तीन सय ७२ मतदाता छन् । जसमध्ये क्षेत्र नं १ मा ४९ हजार आठ सय ३९ पुरुष र ५१ हजार चार सय २२ महिला गरी एक लाख एक हजार दुई सय ६१ मतदाता छन ।
क्षेत्र नं २ मा ४४ हजार आठ सय ४४ पुरुष, ४७ हजार ६२ महिला र ५ अन्य गरी जम्मा ९१ हजार एक सय ११ मतदाता छन ।


























