सत्ता गठबन्धनले एमाले एक्लो भयो भन्दै प्रचार गरेपछि जसपा र राप्रपासँग तालमेल भयो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमाले एक्लो भयो भन्दै प्रचार गरेपछि जनता समाजवादी पार्टी ९जसपा०र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०सँग तालमेल गरेको बताउनुभएको छ ।
शुक्रबार धरानको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले एक्लै छैन भन्ने देखाउनका लागि विदेशीको इशारामा नचल्ने पार्टीसँग आफूहरुले तालमेल गरेकोे जिकिर गर्नुभयो ।
ओलीले पछिल्लो पटक वामपन्थी आन्दोलन विधि अनुसार नचलेको टिप्पणी गर्दै एमाले जनताको पार्टी भएकाले त्यसको प्रतिवाद गरिरहेको पनि दावी गर्नुभयो ।

























