stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वार्षिकोत्सवको अवसरमा फूडमान्डूले ल्यायो विभिन्न अफरहरू

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै छ। सन् २०१० नोभेम्बर ११ मा आफ्नो प्रकारको पहिलो कम्पनी बनेर इतिहास रचेको फूडमान्डू आजको दिनमा नेपालको प्रमुख अनलाइन फूड डेलिभरी सेवा प्रदायकको रूपमा स्थापित भएको छ।

कम्पनी अहिले आफ्नो विभिन्न भर्टिकल्स सहितका नेपालका प्रमुख सहरहरूमा विस्तारको चरणमा रहेको छ।

“हामीले हाम्रो बाह्रौँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा सम्पूर्ण ग्राहक, साझेदार रेष्टुरेन्ट र अन्य सबै सरोकारवालाहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं,” फूडमान्डूका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने।

“प्रत्येक वर्ष बित्दै गर्दा, हामी हाम्रा ग्राहकहरूको सुविधा र खुसीका लागि अझ बढी परिष्कृत र विकसित हुँदै गएका छौं। र त्यो सवालमा पछिल्लो बाह्र वर्ष साँच्चै अविस्मरणीय रह्यो। अब भविष्यमा के हुन्छ भन्ने कुराले हामीलाई थप उत्साहित बनाएको छ,” उनले थपे।

फूडमान्डूले उक्त अवसरमा विभिन्न अफर र गतिविधिहरू सन्चालन गर्ने योजना बनाएको छ। फूडमान्डूका ब्रान्ड र मार्केटिङ प्रमुख श्याम रत्न माली भन्छन्, “यो वर्ष हामीले उत्सव मनाउँदै गर्दा हामीलाई यहाँ सम्म आउन मद्दत गर्ने ग्राहकहरूलाई केन्द्रमा राखेर योजना बनाएका छौं।”

यसै क्रममा फूडमान्डूले एक दिनको लागि विशेष वार्षिकोत्सव छुटको रूपमा १२५ छुटको कुपन कोड सार्वजनिक गरेको छ। “हाम्रो १२ औं वार्षिकोत्सवका प्रमुख आकर्षणहरूमा १२ दिनका लागि सहरका सबै भन्दा राम्रा ठाउँहरूबाट मात्र रू। १२ मा पाइने विभिन्न खानाहरू र कम्तीमा ४०५ बचत गर्न सकिने रु। १२०० को कम्बो खाना रहेका छन्,” उनी थप्छन्।

यसै क्रममा फूडमान्डूले एक दिनको लागि विशेष वार्षिकोत्सव छुटको रूपमा १२५ छुटको कुपन कोड सार्वजनिक गरेको छ। “हाम्रो १२औं वार्षिकोत्सव अवसरमा हामीले १२ दिनका लागि विभिन्न अफरहरु ल्याएका छौं।

जस्तो कि अफर अवधिमा सहरका स्थापित रेस्टुरेन्टहरूबाट विभिन्न परिकारहरू मात्र रू १२ मा उपलब्ध गराएका छौं। साथै हामीले रु१२०० को कम्बो प्याक ल्याएका छौं जसमा ग्राहकहरूले कम्तीमा ४०५ बचत गर्न सक्ने छन्,” उनी थप्छन्।

साथै ग्राहकले कारोबारको क्रममा डिजिटल भुक्तानी गरी १२५ ९बढीमा १२० सम्म० थप छुट पाउन सक्ने छन्। डिजिटल भुक्तानीका लागि आईएमई पे, खल्ती, कनेक्ट आईपिएस, र फोनपे जस्ता सबै प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक प्रयोग गर्न सकिन्छ।

वार्षिकोत्सवका अफरहरू नोभेम्बर ११, २०२२ मा सुरु भएर नोभेम्बर २२, २०२२ अर्थात् १२ दिनसम्म जारी रहनेछ।

फूड डेलिभरीमा अग्रणी नाम बनेको फूडमान्डूले, हाल काठमाडौं, ललितपुर, कीर्तिपुर, भक्तपुर र पोखरामा आफ्ना ४००,००० भन्दा बढी ग्राहकहरूलाई ८०० भन्दा बढी लोकप्रिय रेस्टुरेन्टहरूबाट सेवाहरू प्रदान गर्दै आएको छ।

ग्राहकलाई सेवा दिन र दैनिक कार्य सञ्चालन गर्न कम्पनीका ३०० भन्दा बढी कर्मचारीहरू सक्रिय रुपमा काम गर्दै आएका छन्।

prabhu mahalaxmi
kumari