citizens life insurance long ad
stcnepal long ad

एक्लै चुनाव लड्न नसकेर कांग्रेस बैशाखीको साहारामा हिँडेको छः ओली

Nimb long ad
Prabhu Insurance Long Ad

धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसकोा चुनावमा एमालेसँग एक्लै लड्ने आँट हराएपछि माओवादीहितका दलहरुलाई बैशाखी बनाएर चुनामा आएको बताएका छन् ।

उनले कांग्रेस बाहेकका दललाई ढोडको संज्ञा दिँदै यस्ता ढोडको सहारा दिगो नहुने टिप्पणी गरेका छन् । धरानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई समाजवाद भन्ने नै थाहा नभएको अरोप लगाए ।

उनले कांग्रेसले समाजवादको कुरा गर्नु बेकार भएको भन्दै समाजवाद भन्ने उसलाई थाहा नभएको भन्दै कांग्रेससँग संगठनसमेत नभएको बताए ।

उनले पहिला राम्रो संगठन भएको कांग्रेस अहिले ढोडको वैशाखी टेकेर हिँडेको र गठबन्धनको नेतृत्व गरेको कांग्रेस एक्लै चुनाव लड्न र बहस गर्नसमेत नआएको बताए ।

उनले सत्ता गठबन्धनलाई हुँडारजस्तो भएको बताए । एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने ओलीको भनाइ छ ।

उनले भने, ‘पछिल्लोपल्ट त वामपन्थी आन्दोलनलाई थिति, विधि नियमअनुसार होइन । अंग्रेजीमा हाइना भन्छ । नेपालीमा हुँडार भन्छ, त्यसले मारेर शिकार खाने होइन ।

जिउँदै खान्छ त्यसले । एमालेलाई पनि चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो । खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै टोक्याछ ।’ एमाले एक्लै भयो भनेर हल्ला चलाएपछि आफूले जसपा र राप्रपासँग सहकार्य गरेको ओलीले बताए ।

उनले भने, ‘विदेशी देख्नेवित्तिकै पुच्छर लुकाउनेबाहेकसँग तालमेल गर्न सकिन्छ भनेर हामीले जसपा र राप्रपासँग केही सीटमा तालमेल गरेका छौँ । जसपा राष्ट्रिय पार्टी बन्छ । लोसपा पनि हामीतिरै थियो केही समय तर उसको दिन बिग्रेको रहेछ गठबन्धनतिर गयो । बढीमा एक–दुई सीट जित्ला ।’

उनले माधव नेपालको पार्टी पनि राष्ट्रिय पार्टी बन्न नसक्ने दाबी गरे । प्रचण्डलाई पहिल्यै एमाले सिध्याउने कुबुद्धिमा नलाग्ने आग्रह गरिसकेको समेत बताए । मुसोको कथा सुनाउँदै ओलीले प्रचण्ड आफैँ विस्तारै सकिँदै जाने जिकिर गरे ।

उनले भने, ‘मैले एकतापछि मेरो छेउमा ल्याएर राखेको थिए । तर, उनले मलाई नै सिध्याउन खोजे । पहिला हामी ३६ सीट जित्ने बनाएका थियौँ । अहिले कांग्रेससँग प्राथना गरेर ४६ सीटमा उम्मेदवारी दिएका प्रचण्ड आफैँ सकिन्छन् विस्तारै ।’

गठबन्धन फुटेको हाँडीजस्तो भएकाले मंसिर ४ पछि जनताले देखाउने उनको भनाइ छ । गठबन्धनमा रहेर देशको लागि केही गर्न नसक्ने भएकाले उपेन्द्र यादव बाहिर आएको ओलीको भनाइ थियो ।

ओलीले आफूले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि माओवादी केन्द्रसँग एकता गरे पनि सफल हुन नसकेको बताएका छन् ।

उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै विदेशीका लागि कम्फटेबल सरकार बनाउन एमाले सिध्याउन खेल गरेको आरोप लगाए ।

‘कम्युनिष्ट आन्दोलनको रक्षाका लागि २०७४ सालको निर्वाचनमा माओवादीसँग गठबन्धन र एकता गरेर अगाडि गएका थियौं ।

त्यसले परिणाम पनि राम्रो आएको थियो’, ओलीले भने । एमाले सिध्याउन आफूमाथि अनेक खालको आरोपपत्र लगाएको उनले टिपप्णी गरे ।

IME Life
kumari