stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल वनस्पति घ्यू तेल संघद्वारा २१ लाख आर्थिक सहयाेग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १९ गते शुक्रबार

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल संघले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा माननीय उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टमार्फत आर्थिक सहयाेग गरेकाे छ ।

हालैका दिनहरुमा विश्वमा नै महामारीको रुपमा देखीएको कोराना भाईरस (केभिड-१९) को कारण सारा विश्व नै स्तव्ध एंव लगभग वन्द हुन गएको र महामारीको संक्रमणवाट जोगाउन गरीएको लकडाउनबाट औद्योगिक कलकारखाना, हवाईमार्ग, स्थलमार्ग लगायत सम्पुर्ण क्षेत्र नै पुर्ण रुपमा वन्द हुन गएको अवस्थालाइ मध्यनजर गर्दै संघले सहयाेग गरेकाे हाे ।

यस विषम परिस्थितिमा राहत, उपचार तथा नियन्त्रणका लागी खडा गरेको नेपाल सरकारको स्वामित्वमा रहेको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा माननीय उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टमार्फत उद्योग सचिव चन्द्र कुमार घिमिरे र वाणिज्य तथा आपुर्ति सचिव डा. वैकुण्ठ अर्याल समेतको उपस्थितिमा बुधबार रकम हस्तान्तरण गरेकाे संघले जनाएकाे छ ।

नेपाल वनस्पति घ्यू तेल संघका अध्यक्ष सन्दिप कुमार अग्रवाल, अध्यक्ष विकास दुगड, सदस्यहरु कमल कुमार वेगानी, श्याम कुमार लोहिया र  आनन्द वगरीया समेतको प्रतिनिधी मण्डलले राहत स्वरुप एक्काईस लाख प्रदान गरेकाे जनएकाे छ ।

prabhu mahalaxmi
kumari